काठमाडौं । नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।
यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एकरएक जना प्रतिनिधि रहने ज्ञवालीले बताए ।
एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ।