काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ । आइतबार सुन प्रति तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

तर शुक्रबार छापावाल सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको भाउ बिहिबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर आज एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।