काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९२ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १२ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १२ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।