Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, चाँदी स्थिर

मंगलबार सुनको भाउ बढ्यो, चाँदी स्थिर

दैनिकी न्यूज

९, कार्तिक २०७८
मंगलबार सुनको भाउ बढ्यो, चाँदी स्थिर
images

काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९२ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १२ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १२ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - १२:०४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology