Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फर्किए अल्मुताइरी, नेपाली फुटबल टीमको प्रशिक्षकमा ३ वर्ष रहने

फर्किए अल्मुताइरी, नेपाली फुटबल टीमको प्रशिक्षकमा ३ वर्ष रहने

दैनिकी न्यूज

१०, कार्तिक २०७८
फर्किए अल्मुताइरी, नेपाली फुटबल टीमको प्रशिक्षकमा ३ वर्ष रहने
images

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षको लागी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए । 

त्यसपछि एन्फा अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए । तर,अल्मुताइरी भने नेपाली टीमसँग फर्किएनन् र कतार लागे । एन्फा अध्यक्ष शेर्पाले पनि कतार पुगेर उनीसँग भेट गरे । कतार पुटबल संघसँग पनि छलफल गरेपछि उनले आफ्नै निर्णयलाई परिवर्तन गर्दै नेपाल आउने बताएका हुन् । तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’ अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । तर अलमुताइरीले भने पटकपटक नेपाल छाड्ने बताएका थिए ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - २३:१३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology