काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । बुधबार भने सुनको भाउ तोलामा ६ सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको भाउ ९१ हजार ९ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ १२ सय ५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।