काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।