ललितपुर । उज्यालोकिरण साना किसान कृषि सहकारी संस्थाको साधारण सभा यहि कात्तिक २४ गतेदेखि शुरु हुने भएको छ । कोरोना भाइरसको कारणले क्षेत्रगत अनुसार कात्तिक २४ गतेदेखि २७ गतेसम्म ललितपुरका विभिन्न स्थानमा सञ्चालन हुने सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष बद्री प्रसाद घिमिरेका अनुसार कात्तिक २४ गते वडा कार्यालय शंखु (शंखु, बुखेल), सामुदायिक भवन दलचौकी, कात्तिक २६ गते गुप्तेश्वर आधारभुत विद्यालय (नल्लु, भारदेउ र चौघरे) र कात्तिक २७ गते वेलकम पार्टी प्यालेस चापागाउँमा हुने जानकारी दिए ।
वार्षिक साधारण सभामा २०७७–७८ को वार्षिक प्रगति प्रतिवेदन, २०७८–७९ को नीति तथा कार्यक्रम पेश गर्ने, २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गर्ने, २०७८–७९ को प्रस्तावित आय व्यय विवरण पेश गर्ने, छलफल गर्ने २०७७–७८ को लाभांशमाथि छलफल, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्टा रहेको छ ।
साधारण साभामा सहभागी शेयर सदस्यहरुलाई खाजा खर्च बापत ४०० रुपैयाँ उपलब्ध गराइने अध्यक्ष घिमिरेको भनाई छ ।