Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२२, कार्तिक २०७८
सुनको भाउ भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (सोमबार) सुनको भाउ ह्वात्तै बढेको छ । लक्ष्मी पूजाको दिन अर्थात् कार्तिक १८ गते बिहिबारको तुलनामा सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेको हो ।

लक्ष्मी पूजाको दिनपछि तिहारको अवधिभरी सुनको नयाँ भाउ तोकिएको थिएन । तिहारपछि पहिलोपटक तोकिएको सुनको भाउ तोलामा १५ सयले बढेको हो ।

गत बिहिबार तोलाको ९१ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ५ सय पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १५ सयले नै बढेर ९२ हजार पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा एकैपटक २५ रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - ११:१८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology