Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सर्वोच्चको संकटको विषयमा अन्तर्राष्ट्रिय संस्थाले मुख खोल्यो, झन संकटमा प्रधानन्यायाधीश

सर्वोच्चको संकटको विषयमा अन्तर्राष्ट्रिय संस्थाले मुख खोल्यो, झन संकटमा प्रधानन्यायाधीश

दैनिकी न्यूज

२६, कार्तिक २०७८
सर्वोच्चको संकटको विषयमा अन्तर्राष्ट्रिय संस्थाले मुख खोल्यो, झन संकटमा प्रधानन्यायाधीश
images

काठमाडौं । नेपालको न्यायालयमा देखिएको विवादको विषयमा पहिलोपटक अन्तर्राष्ट्रिय संस्थाले मुख खोलेको छ । तीन हप्तादेखी सर्वोच्च अदालतमा देखिएको संकटबारे धारणा सार्वजनिक गरेको हो । तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको सर्वोच्च अदालतभित्र देखिएको संकटले न्यायपालिकाको निष्ठा र स्वतन्त्रतालाई खतरामा पारेको निष्कर्ष निकालेका छन् । इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमनराइट वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा कानुनी शासनलाई कायम राख्नका अदालतको विश्वनीयता तथा स्वतन्त्रता आवश्यक हुने जनाएको छ ।  

आइसिजेका वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको आरोपहरुमाथि छानबिन र सम्बोधन कानुनी शासनमा आधारित भएर निष्पक्ष रुपमा गर्न माग गरेकी छन् । 'न्यायपालिका सत्यानिष्ठा र स्वतन्त्र नहुँदा मानवअधिकार तथा कानुनी शासनको संवैधानिक दायित्व सर्वोच्च अदालतको भूमिका निकै कमजोर हुने छ,' शर्माले भनेकी छिन्, 'प्रधानन्यायाधीशमाथि लागेका आरोपलाई कानुनी शासनअनुसार निष्पक्ष रुपमा अनुसन्धान र सम्बोधन हुनुपर्छ ।' प्रधानन्यायाधीशमाथि एक चौथाई सांसदहरुले संविधानको धारा १०१ अनुसार संसद्‌मा महाभियोगको प्रस्ताव दर्ता गरे संसद्ले ११ सांसद रहने गरी सिफारिस समिति गठन गरी आरोपहरुमाथि अनुसन्धान गरेर महाभियोगलाई अघि बढाउने वा नबढाउने निर्णय गर्ने व्यवस्था छ । 'नेपालमा कानुनी शासनलाई कायम राख्नका महत्वपूर्ण भूमिका हुने सर्वोच्च अदालतमा देखिएको संकट न्यायिक प्रक्रियाका लागि निकै नै चिन्ताको विषय हो,' ह्युमनराइट वाचकी दक्षिण एसिया निर्देशक मीनाक्षी गाँगुलीले भनेकी छन् ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - २०:४०:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology