काठमाडौं । साताको दोस्रो दिन (सोमबार) सुनचाँदीको भाउ घटेको छ । लगातार बढिरहेको सुनचाँदीको भाउ सोमबार घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।