Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमाले महाधिवेशनः ओली सर्वसम्मतको पक्षमा, अरुमा रस्साकस्सी

एमाले महाधिवेशनः ओली सर्वसम्मतको पक्षमा, अरुमा रस्साकस्सी

दैनिकी न्यूज

१, मंसिर २०७८
एमाले महाधिवेशनः ओली सर्वसम्मतको पक्षमा, अरुमा रस्साकस्सी
images

काठमाडौं । एमाले नेताहरूले १०औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ ।

महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ । उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अध्यक्षमा उठ्ने सङ्केत गरेका छन् । तर, अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन् ।

चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन् । त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन् ।

सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एक ढिक्का रहेको सन्देश दिन खोजेको छ । नवौँ महाधिवेशनमा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्यानल नै बनाएर चुनाव लडेका थिए । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७८ बुधवार - ०७:०१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology