काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो (मंगलबार) सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।