Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

शुक्रबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

दैनिकी न्यूज

३, मंसिर २०७८
शुक्रबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?
images

काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुन तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार ५०० रुपैयाँमा तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । यसअघि बिहीबार भने चाँदीको भाउ स्थिर रही १२ सय ८० रुपैयाँ कायम रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रवार - १३:०६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology