Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान (सूचनासहित)

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान (सूचनासहित)

दैनिकी न्यूज

५, मंसिर २०७८
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान (सूचनासहित)
images

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३० बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका छन् । समितिमा कमला ज्ञवाली र हरीबहादुर श्रेष्ठ छन् ।

ra.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ११:३५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology