Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्यो

आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्यो

दैनिकी न्यूज

१०, मंसिर २०७८
आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्यो
images

काठमाडौं । गत मंगलवारदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको भाउ शुक्रवार भने बढेको बढेको छ । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ बिहीवारको तुलनामा रू. २०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले घटेर रू. १ हजार २२५ मा किनबेच भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - १३:०७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology