Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्यो

आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्यो

दैनिकी न्यूज

१०, मंसिर २०७८
आइतबार सुन तोलामा २०० रुपैयाँले बढ्यो
images

काठमाडौं । गत मंगलवारदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको भाउ शुक्रवार भने बढेको बढेको छ । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ बिहीवारको तुलनामा रू. २०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले घटेर रू. १ हजार २२५ मा किनबेच भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - १३:०७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology