Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ घट्यो

शुक्रबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

१७, मंसिर २०७८
शुक्रबार सुनको भाउ घट्यो
images

काठमाडौं । शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार भने सुनको भाउ स्थिर रहेर बुधबारकै भाउ अर्थात् सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक १९० रुपैयाँ कायम रहेको छ ।

साताभरमा चाँदी तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - १२:३८:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology