Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दलहरूबीच सहमती नबनी चोलेन्द्र श्रीमानलाई केही हुन्न ?

दलहरूबीच सहमती नबनी चोलेन्द्र श्रीमानलाई केही हुन्न ?

दैनिकी न्यूज

१९, मंसिर २०७८
दलहरूबीच सहमती नबनी चोलेन्द्र श्रीमानलाई केही हुन्न ?
images

चितवन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । पार्टी निकट प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय सहमतिमा जोड दिए । २८ मंसिरमा संसदको अधिवेशन आह्वान गरिएको भन्दै उनले भने, ‘कोहीले सोचेका छन्, महाअभियोगको लागि भनेर । अर्कोतिर एमसीसीले के गर्छ भन्ने चिन्ता छ । यो हिँउँदे अधिवेशन हो । महाअभियोग राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने/नहुने कुरा हुन्छ ।’ 

उनले प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको बताए । एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनतर्फ संकेत गर्दै उनले भने, ‘त्यसमा एउटा मण्डलेकरणको प्रवृत्ति, सामन्ति निरंकुशतातिर जाने प्रवृत्ति र अर्को त्यसविरुद्ध जाने प्रवृत्ति प्रस्ट देखा परेका छन् । त्यसकारण हामीले क्रान्तिको उपलब्धिको रक्षा गर्न आफ्नो सक्रियता छोडने स्थिति छैन ।’

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ००:४०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology