Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

दैनिकी न्यूज

२०, मंसिर २०७८
नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि
images

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समीर अधिकारीले नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको पनि मन्त्रालयले बताएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले बताएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १५:४३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology