Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

दैनिकी न्यूज

२०, मंसिर २०७८
नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि
images

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समीर अधिकारीले नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको पनि मन्त्रालयले बताएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले बताएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १५:४३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology