Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काग्रेस अधिवेशनः उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा

काग्रेस अधिवेशनः उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा

दैनिकी न्यूज

२९, मंसिर २०७८
काग्रेस अधिवेशनः उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा
images

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पदको मतगणना भइरहेको छ । १२०० मत गणना हुँदा धनराज गुरुङ सबैभन्दा अघि छन् ।

अहिलेसम्म परिणाम अनुसार सबैभन्दा बढी धनराज गुरुङले मत ल्याएका छन्। गुरुङले ५४३ मत ल्याएका छन्।

अर्का उम्मेदवार पूर्णबहादुर खड्काले गुरुङलाई पछ्याइरहेका छन्। उनले ५०१ मत ल्याएका छन्।

यता, चन्द्र भण्डारी र विजयकुमार गच्छदारको पनि प्रतिस्पर्धा चलिरहेको छ। भण्डारीले ४७२ र गच्छदारले ४५४ मत ल्याएका छन्।

गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।

कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २१:१२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology