Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भण्डारमा १ करोड १३ लाख डोजः पुस मसान्तको लक्ष्य पूरा नहुने

भण्डारमा १ करोड १३ लाख डोजः पुस मसान्तको लक्ष्य पूरा नहुने

दैनिकी न्यूज

१७, पौष २०७८
भण्डारमा १ करोड १३ लाख डोजः पुस मसान्तको लक्ष्य पूरा नहुने
images

काठमाडौं । सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।

बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा। झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छैन’, उनले भने।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।

सोमबार ५ लाख ८३ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। विगतको तथ्यांक पनि समावेश भएकाले सोमबारको तथ्यांक धेरै देखिएको हुन सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा। बाबुराम मरासिनी बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - ०८:१४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology