काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सोमवार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रति तोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ पुगेको छ ।