Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर्मचारीलाई कोरोना, पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

कर्मचारीलाई कोरोना, पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

दैनिकी न्यूज

२१, पौष २०७८
कर्मचारीलाई कोरोना, पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
images

पाल्पा । पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । रासस

images
प्रकाशित मिति :पौष २१, २०७८ बुधवार - ०८:०७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology