काठमाडौं । काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।
कोरोना पुष्टि भएसँगै सामाजिक सञ्जाल नेता श्रेष्ठले लेखेका छन्, ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु ।हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।'