Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२४, पौष २०७८
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।

शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो।

प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,’ केही बेरअघि सामाजिक सञ्जालमा दाहालले लेखेकी छन्, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ।’

प्रचण्डलाई कोरोना भएसँगै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

आजै माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। श्रेष्ठ पनि होम आइसोलेसनमा बसेका छन्।

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - ११:१३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology