Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री देउवा होम आइसोलेसनमा, भोलि कोरोना परीक्षण हुने

प्रधानमन्त्री देउवा होम आइसोलेसनमा, भोलि कोरोना परीक्षण हुने

दैनिकी न्यूज

२४, पौष २०७८
प्रधानमन्त्री देउवा होम आइसोलेसनमा, भोलि कोरोना परीक्षण हुने
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होमआइसोलेसनमा बसेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ। रासस

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - २०:२९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology