काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन्। बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन्।
त्यस्तै उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होमआइसोलेसनमा बसेका छन्। प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की शनिबारदेखि नै होमआइसोलेसनमा बसेका हुन्। उनीहरूको आज पिसीआर परीक्षण गर्ने तयारी छ।
प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए।
मन्त्री कार्कीको सचिवालयका अनुसार भेटघाटलाई बन्द गरिएको छ।