Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, पौष २०७८
शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । ‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, खड्काले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

शिक्षा मन्त्री पौडेल अहिले होम आइशोलेसनमा छन् ।

पौडेल पनि काठमाडौंमा सम्पन्न नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भएका थिए।

माओवादी महाधिवेशनमा सहभागी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सयभन्दा धेरैलाई कोरोना पुष्टि भइसकेको छ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १९:४५:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology