Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

दैनिकी न्यूज

२७, पौष २०७८
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै
images

काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । आज दिउँसो तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर लकडाउन बारे निर्णय गर्न लागिएको जनाएको छ ।

कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

लकडाउन बारे सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने तयारी गरिएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १२:०४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology