काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण भएको छ।
केही दिनदेखि अस्वस्थ भएर कोटेश्वरस्थित निवासमै आराम गरिरहेका नेपाललाई मंगलबार कोरोना पुष्टि भएको हो।
समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मंगलबार गरिएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको हो।
त्यसैगरी उक्त पार्टीका उपमहासचिव डा. विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।