Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार

दैनिकी न्यूज

२९, पौष २०७८
कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार
images

काठमाडौं । नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताए ।

उनले भने, “कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमा नाकाका सतर्कता बढाइएको छ । कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको छ ।”

डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन कार्य अघि बढाएको बताए । सङ्क्रमण बढेका क्षेत्रबाट अन्यत्र नफैलियोस् भनेर उच्च सतर्कताका साथ परीक्षण भइरहेको पनि उनले बताए ।

सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ । खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रदेश १ मा आइसोलेसन बेड ८१९, एचडीयू बेड ५६७, आईसीयू बेड ३४२, भेन्टिलेटर १४८, अक्सिजन सिलिन्डर एक हजार १४ थान, अक्सिजन कन्सन्ट्रेटर ६६, अक्सिजन प्लान्ट १७ र ट्याङ्क दुईवटा तयारी अवस्थामा छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - ०७:२४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology