Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

अब नर्भिकमा पनि कोभिड खोप केन्द्र

अब नर्भिकमा पनि कोभिड खोप केन्द्र

दैनिकी न्यूज

२९, पौष २०७८
अब नर्भिकमा पनि कोभिड खोप केन्द्र
images

काठमाडौं । निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि बिहीबारदेखि खोप केन्द्र संचालन गर्ने भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो ।

सरकारी स्वास्थ्य संस्थाहरूको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रूपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।

उनकाअनुसार स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ ।

नर्भिकमा हाल कोभिसिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्नेछन् ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - ०७:३८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology