Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब नर्भिकमा पनि कोभिड खोप केन्द्र

अब नर्भिकमा पनि कोभिड खोप केन्द्र

दैनिकी न्यूज

२९, पौष २०७८
अब नर्भिकमा पनि कोभिड खोप केन्द्र
images

काठमाडौं । निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि बिहीबारदेखि खोप केन्द्र संचालन गर्ने भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो ।

सरकारी स्वास्थ्य संस्थाहरूको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रूपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।

उनकाअनुसार स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ ।

नर्भिकमा हाल कोभिसिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्नेछन् ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - ०७:३८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology