Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ (सूचनासहित)

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ (सूचनासहित)

दैनिकी न्यूज

२९, पौष २०७८
आजदेखि सिंहदरबार प्रवेशमा कडाइ (सूचनासहित)
images

काठमाडौं । आजदेखि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ । कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

हेर्नुहोस् सूचना

1.jpg

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - ०८:१८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology