Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

बिहीबार सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

दैनिकी न्यूज

२९, पौष २०७८
बिहीबार सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम बिहीबार पनि जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १२ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १२:४२:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology