Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काभ्रेको आठ स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण

काभ्रेको आठ स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण

दैनिकी न्यूज

२९, पौष २०७८
काभ्रेको आठ स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण
images

काभ्रे । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन् ।

पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो । बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
a

जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ९७ दशमलब ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् । रासस

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १५:३५:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology