Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पोल सार्न १ लाख ४० हजार घुस लिने प्राधिकरणका सव–स्टेशन प्रमुख अख्तियारको फन्दामा

पोल सार्न १ लाख ४० हजार घुस लिने प्राधिकरणका सव–स्टेशन प्रमुख अख्तियारको फन्दामा

दैनिकी न्यूज

२९, पौष २०७८
पोल सार्न १ लाख ४० हजार घुस लिने प्राधिकरणका सव–स्टेशन प्रमुख अख्तियारको फन्दामा
images

ललितपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिजुलीको पोल सार्न घुस लिएका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।

ललितपुरको गोदावरी नगरपालिकाका एक स्थानीयले आफ्नो जग्गामा गाडेको बिजुलीको पोल सारिदिन भन्दा प्राधिकरणको पाटन सव–स्टेशनका प्रमुख सोमप्रसाद पहाडीले एक लाख ४० हजार रुपैयाँ घुस मागेका थिए।

बिहीबार दिउँसो पहाडीलाई सेवाग्राहीबाट घुसबापत् लिएको रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएको छ।

उनले प्राधिकरणको पाटन सव-स्टेशनको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। पहाडी प्राधिकरणमा पाँचौ तहको सुपरभाइजर पदमा कार्यरत थिए।

पहाडीमाथि थप अनुसन्धान भइरहेको उनले जनाए । 

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १९:५८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology