Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गठन

गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गठन

दैनिकी न्यूज

३०, पौष २०७८
गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गठन
images

ललितपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गोदावरी नगरपालिका समिति गठन भएको छ। शुक्रबार गोदावरी नगरपालिका वडा नं। १३ स्थित भलि पुँचःमा भएको खेलाडीहरुको भेलाले बुद्धिबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । समितिमा ३ जना उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, कोषाध्यक्ष र १२ जना सदस्यहरु रहेका छन्।

समितिको उपाध्यक्षमा जय देसार, दिनेश नगरकोटी र सुरेन्द्र कपाली चयन भएका छन्। भेलाले सागर चित्रकारलाई सचिवको जिम्मेवारीमा चयन गरेको छ । सहसचिवहरु विन्दा धन्के श्रेष्ठ र सरोज खत्रीलाई चयन गरेको छ। बाँकी एक जना सहसचिव समितिले आगामी बैठकबाट चयन गर्ने जनाएको छ। भेलाको निर्णय अनुसार मनोज आचार्य कोषाध्यक्षमा चयन भएका छन्।

समितिको सदस्यमा रवि सिल्वाल, सुमित्रा नगरकोटी, राजु तामाङ, विशाल तामाङ, महेश महर्जन, नरेन्द्र देसार, दिलिप देसार, भुवन सिल्वाल, नारायण देसार, जयराम भुलुन, कविन देसार र अनिल महर्जन चयन भएका छन्।

त्यस्तै भेलाले समितिको सल्लाहकारहरुमा दिल महर्जन, हेराकाजी देसार, दयाराम महर्जन, सागर श्रेष्ठ र विशालमान श्रेष्ठलाई चयन गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गोदावरी नगरपालिका समितिको केन्द्रीय अध्यक्ष दिपक श्रेष्ठ छन्। श्रेष्ठ आठौं र नवोैं साफ गेम विजेता हुन् ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १०:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology