काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम शुक्रबार पनि जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।