काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्– 'कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।'
पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। दलका नेताहरूलाई पनि धमाधम कोरोना संक्रमण भइरहेको छ।