Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन अस्पतालमा अक्सिजन प्लान्ट

पाटन अस्पतालमा अक्सिजन प्लान्ट

दैनिकी न्यूज

३०, पौष २०७८
पाटन अस्पतालमा अक्सिजन प्लान्ट
images

ललिथपुर । पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे । महानगरपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए ।

 

डा।शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा।राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामर्थ्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताए । कार्यक्रममा गत माघ महिनामा महानगरपालिकाकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु एक करोड बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराइएको थियो ।


अक्सिजन प्लान्टको क्षमता दैनिक २२० प्रतिसिलिण्डर उत्पादन गर्न सक्ने जानकारी दिइयो । रासस

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - २१:५९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology