Logo

सोमवार, श्रावण २५ गते २०८३

images

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

दैनिकी न्यूज

१, माघ २०७८
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय
images

काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरूलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।

अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले माघ २ देखि बुस्टर डोज लगाउने तयारी गरिरहेको छ । न्युज कारखाना

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - ०७:२४:५२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology