काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ।
नेता पौडेलले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी आज सामाजिक सञ्जालमा साझा गरेका छन्।
उनले कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा बसेको जानकारी दिएका छन्।