Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमणः प्यार्टी प्यालेसमा ५० जना मात्र (के गर्न पाइने, के नपाइनेसूचि सहित)

कोरोना संक्रमणः प्यार्टी प्यालेसमा ५० जना मात्र (के गर्न पाइने, के नपाइनेसूचि सहित)

दैनिकी न्यूज

२, माघ २०७८
कोरोना संक्रमणः प्यार्टी प्यालेसमा ५० जना मात्र (के गर्न पाइने, के नपाइनेसूचि सहित)
images

काठमाडौं । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मास्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

आमसभा, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ ।

पूर्वनिर्धारित परीक्षा यथावत राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको छ ।

१: सबै प्रकारका आमसभा, जुलुस, धेरै मान्छे भेला हुने कार्यक्रम माघ मसान्तसम्म नपाइने

२: गोष्ठी, सेमिनारमा भौतिक उपस्थित हुनुपर्ने भएमा बढीमा २५ जनामात्र

३: माघ ७ गतेपछि पूरै डोज खोप लाएका व्यक्तिमात्र गोष्ठी, बैठकमा भाग लिन पाउने

४: फिल्म हल, जिमखाना, रात्रिकालीन सबै व्यवसाय, स्वीमिङ पुलहरू माघ १५ सम्म बन्द

५: विद्यालय, विश्वविद्यालय, कलेज र ट्यूसन सेन्टरहरू माघ १५ गतेसम्म बन्द

६: पूर्वनिर्धारित परीक्षा, भाषा परीक्षा, चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा नरोकिने

६: मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने

७: सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एकपटकमा २५ जनाभन्दा बढी प्रवेश नदिइने

८: पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्नेगरी बढीमा ५० जनामात्र रहने

९: प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध, पास्नी, न्वारानजस्ता कार्यक्रम गर्न पाइने

१०: माघ ७ पछि खेलकुद कार्यक्रममा खोपकार्डका आधारमा मात्र रंगशालामा प्रवेश गर्न दिने

images
प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १६:४७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology