Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोली पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

भोली पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

दैनिकी न्यूज

३, माघ २०७८
भोली पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज
images

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए । उनले भने, “खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।” सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १९:०८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology