Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा १५ हजारले लगाए कोरोनाको बुस्टर डोज

ललितपुरमा १५ हजारले लगाए कोरोनाको बुस्टर डोज

दैनिकी न्यूज

५, माघ २०७८
ललितपुरमा १५ हजारले लगाए कोरोनाको बुस्टर डोज
images

ललितपुर । ललितपुरमा १५ हजारले कोरोनाको तेस्रो खोप ( बुस्टर डोज) लगाएका छन् । जिल्लामा रहेका ६ स्थानीय तहमा मंगलबार र बुधबार विभिन्न क्षेत्रका फ्रण्टलाइनरलाइ कोरोना विरुद्ध बुस्टर डोज लगाइएको थियो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा शतिस बिस्टले दिएको जानकारी अनुसार मंगलबार र बुधबारसम्म महानगरपालिकाभित्र र महांकाल गाउँपालिकामा १५ हजारले बुस्टर डोज लगाएका हुन् । ललितपुरमा रहेका महालक्ष्मी र गोदावरी नगरपालिकाको विवरण भने अझै आइपुगेको छैन । ललितपुरको पाटन अस्पताल, अल्का, सुमेरु, मेडिसिटी, सर्वाङ, बिएण्ड बि, स्टार, बज्रबाराही स्वास्थ्य केन्द्र, आनन्दबन अस्पताल, लेले प्राथमिक केन्द्र, इमाडोल स्वास्थ्य चौकी, गोटिखेल स्वास्थ्य चौकी, भट्टेडाडा प्युटार, आश्राङ स्वास्थ्य चौकीमा फ्रण्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, यातायात मजदुर, पत्रकार/ सन्चारकर्मी, बैंकका कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरी लगायतलाई कोरोनाको तेस्रो खोप दिइएको थियो । ललितपुर स्वास्थ्य प्रमुख बिस्टले कोभिसिल्ड र भेरोसिल्ड गरेर १५ हजारले खोप लगाएको बताए । खोप अभियान भोलि बिहीबार पनि जारी रहनेछ ।

यसैबीच कोरोनाको जोखिम निरन्तर बढ्दै गएको र खोप लगाउने मानिस छुटेको भन्दै स्वास्थ्य कार्यालय ललितपुरले शुक्रबार र आइतबार पनि खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ललितपुरमा ३० हजारका लागि बुस्टर डोज वितरण गर्ने लक्ष्य रहेको बिस्टले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - २३:२३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology