Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरका विभिन्न ठाउँमा स्थानीय प्रशासनको अनुगमन

ललितपुरका विभिन्न ठाउँमा स्थानीय प्रशासनको अनुगमन

दैनिकी न्यूज

६, माघ २०७८
ललितपुरका विभिन्न ठाउँमा स्थानीय प्रशासनको अनुगमन
images

ललितपुर । जिल्ला प्रशासन कार्यालयले यहाँको विभिन्न ठाउँमा अनुगमन गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बुधबार सो काम गरिएको हो ।

सातदोबाटोस्थित सेल्सबेरी, ग्वार्कोको बी एण्ड बी अस्पताल तथा पुल्चोकको लबिम महलका साथै पाटनढोकाको भाटभटेनीमा समेत अनुगमन गरी भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको प्रजिअ घनश्याम उपाध्यायले बताए । उनले भने, “हामीले यस स्थानमा गएर कोभिडको जोखिमलाई मध्यनजर गरी विशेषरूपमा ध्यान पुर्याउन अनुरोध गरेका छौं ।” प्रशासनको आग्रह नमान्नेलाई बिहीबारदेखि जरिवानासमेत गरिने भएको उपाध्यायले जानकारी गराए । अनुगमन टोलीमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्रहरी उपरीक्षक सिद्धि विक्रम शाह, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्ट सहितको टोली रहेको थियो ।

271812928_1063696067522639_479861851894598076_n.jpg


थप एक सय पत्रकारले लगाए खोप
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाअन्तर्गतका सदस्य तथा पत्रकार गरी थप एक सयले बुस्टर डोजको खोप लगाएका छन् । सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा बुधबार कोरोनाविरुद्धको तेस्रो खोप दिइएको हो ।

लगनखेलस्थित नमूना मच्छिन्द्र क्याम्पस परिसरमा तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरि कार्कीले बताए । उनका अनुसार बिहीबार पनि क्याम्पस परिसरमा खोप लगाइने छ । खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन पनि कार्कीले आग्रह गरेका छन् ।

सो खोप बुधबार पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयबाट दिन सुरु गरिएको हो । बुधबार सो शाखाका साथै हाल उपत्यकामा क्रियाशील पत्रकारिता गरिरहेका ३५० पत्रकारले खोप लगाएका कार्कीले जानकारी दिए । उनका अनुसार दुई दिनमा शाखाअन्तर्गत ४५० व्यक्तिले खोप लगाइसकेका छन् ।

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ०८:५५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology