Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बन्दाबन्दी हुने आशङ्कामा लर्को

बन्दाबन्दी हुने आशङ्कामा लर्को

दैनिकी न्यूज

७, माघ २०७८
बन्दाबन्दी हुने आशङ्कामा लर्को
images

काठमाडौं । ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्को लाग्ने गरेको छ ।

जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए । शाखाका प्रमुख हरि निरौलाले अब विदेशमा पनि बन्दाबन्दी सुरु हुन्छ र ढिला गरेमा आफूहरू विदेश जान नपाउने भन्ने डर विद्यार्थीमा देखिएको बताउँदै भने, “यसै डरले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड दोब्बरले बढेको छ ।” नो अब्जेक्सन लेटर लिनका लागि बिहीबार ७१७ जनाको आवेदन परेको छ । गत वर्ष करिब ३१ हजारले नो अब्जेक्सन लेटर लिएका थिए भने चालू आर्थिक वर्षमा गत साउनदेखि पुस मसान्तसम्ममा करिब ३० हजारले यस्तो लेटर लिइसकेका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - ०७:३६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology