Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

दैनिकी न्यूज

७, माघ २०७८
आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य
images

काठमाण्डौ । सार्वजनिक ठाउँमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - ०८:१३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology