Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

दैनिकी न्यूज

७, माघ २०७८
आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य
images

काठमाण्डौ । सार्वजनिक ठाउँमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - ०८:१३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology