Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

दैनिकी न्यूज

७, माघ २०७८
सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय १५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३ सय २५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - ११:४४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology