Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित

सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित

दैनिकी न्यूज

८, माघ २०७८
सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित
images

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए । पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ । पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।

सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय छन् । त्यसै गरी राष्ट्रिय योजना आयोय, वित्त आयोग, नेपाल टेलिभिजन लगायत करिब ३० वटा कार्यालय छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ ८, २०७८ शनिवार - ०७:३४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology