काठमाडौं । काठमाडौं उपत्यकामा ५३ सय ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७ सय ६२, भक्तपुरमा ४३४ र ललितपुरमा ११ सय १० संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ४७ हजार २४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० सक्रिय संक्रमित छन्।